पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क लाग्ने
काठमाडौँ- पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।
पशुपति विकास क्षेत्र कोष, सञ्चालक परिषद् गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।
गत असार ८ गते बसेको सञ्चालक परिषद्को बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ ।
‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरूबाट पराम्परागत रुपमा नै गरिने रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषद्को बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजनिक सुचनामा भनिएको छ ।
बिशेष प्रकृतिको पुजा लागि शुल्क लिँदा ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाउ पुर्याउने कोषले बिश्वास लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया