समाज

बागमतीमा २८ हजार सक्रिय संक्रमित

इकागज |
बैशाख २१, २०७८ मंगलबार २०:२६ बजे

हेटौंडाः बागमती प्रदेशमा २८ हजार ८९ जना कोभिडको सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा १४ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । काठमाडौंमा ७, ललिपुर १, चितवन ३ र धादिङमा १ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै प्रदेशमा ४५ सय ७८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै काठमाडौंमा २७ सय ७९ र सबैभन्दा कम रसुवामा ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।


प्रदेशमा ३३२ जना आइसियू र १ सय ३६ जना भेन्टिलेटरमा अहिले उपचाररत छन् । प्रदेशमा २५ हजार ४ सय ९ जना होम आइसोलेसनमा बसेका छन् भने २२ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।    
 


Author

थप समाचार
x