समाज

सर्वोच्चले सन्दीप लामिछानेलाई विदेश जाने आदेश दिएन

इकागज |
फागुन १२, २०७९ शुक्रबार १७:३० बजे

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने​ सर्वोच्च अदालतले विदेश भ्रमणमा जाने अनुमति दिएन ।

लामिछानले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आइतबार पेसी तोक्न आदेश दिएको छ ।


उच्च अदालत पाटनले लामिछानेको विदेश भ्रमणमा राेक लगाएकाे थियाे । साेही आदेशलाई सर्वोच्च यथावत् राखेकाे छ ।

लामिछानले विश्वकप लिग-२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनि बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबारबाट सुरु हुने नेपालको आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई-दुई खेल खेल खेल्दैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।


Author

थप समाचार
x