समाज

अमरेली गाउँ, जहाँ भूकम्पको डरले मानिसहरू घर बाहिर सुत्छन्

इकागज |
फागुन १४, २०७९ आइतबार १८:३२ बजे

गुजरात । अहिलो संसारभर भूकम्पको चर्चा भईरहेको छ । हालै टर्की र सिरियामा आएको विनाशकारी भूकम्पका कारण दुनियाँलाई त्रसित पनि बनाएको छ कि त्यहाँ हजारौ मानिसहरुले ज्यान गुमाउनु परेको छ । अहिले पनि जापान, पपुनिगिन्या र अफगानिस्तानको क्षेत्रमा भूकम्पका धक्काहरु महसुस भइरहेका छन् । 

भारत देखि विश्वका धेरै वैज्ञानिकहरुले यो भनिरहेका छन् कि भारतमा पनि केही समयपछि धेरै ठूलो भूकम्प आउनेवाला छ ।


यसैबेला भारतको एउटा जिल्ला चर्चामा छ कि जुन जिल्लाले पछिल्लो दुई वर्षमा ४०० भन्दा बढी भूकम्पको धक्का महशुश गरिसकेको छ, जसका कारण यहाँका धेरै मानिस घर बाहिर सुत्ने गर्दै आएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातको अमरेली जिल्लामा धेरै भूकम्पका धक्का महशुश भईरहेको हो । दुई वर्ष भित्र यो क्षेत्रमा ४०० भन्दा धेरै पटक धक्काहरुको महसुस गरिएको छ । गान्धिनगरस्थित इन्स्टिच्युट अफ सिस्मोलोजिक रिसर्चको कार्यवाहक महानिर्देशक सुुमेर चोपाडा भन्छन्, ‘यसरी पटक पटक आउने भूकम्प हल्का हुनेछ ।’ 

उनले यो पनि भनेका छन कि ‘अमेरेली जिल्लामा आाएको ४०० वटा भूकम्पको असर २ प्रतिशत भन्दा कमी छ, त्यस मध्ये सो १३ प्रतिशत झटका २ देखि ३ प्रतिशतको बीचमा थियो भने पाँचवटा भूकम्पको मात्र ३ प्रतिशत भन्दा बढी झट्का मापन गरिएको थियो ।’ 

उनका अनुसार यस भन्दा पनि धेरै भूकम्प यो क्षेत्रमा आयो तर मानिसहरुले महसुस नै गर्न सकेनन । उनका अनुसार जति धेरै भूकम्प आउने गर्दछन, त्यति नै मात्रामा ठूलो भूकम्प आउने सम्भावना कुरा कम हुन्छ । 
‘तर पनि यो सम्भावना छ कि यस क्षेत्रमा यो भन्दा ठूलो भूकम्प आउन पनि सक्छ, यसलाई नकार्न सकिदैन ।’ 

तर पनि ठूलो भूकम्प आउने डरले यहाँको मानिसहरु घरभन्दा बाहिर सुत्छन्, उनीहरुलाई लाग्छ कि सानो सानो भूकम्पको धक्का महसुस भईरहेको छ, त्यसैले यो भन्दा ठूलो भूकम्प नआउला भन्न सकिन्न  । 

अमेरेलीको मितियाला गाउँ भारतकै सबैभन्दा बढी भूकम्प आउने गाउँ हो । गुजरातको अमरेली जिल्लासहित यसका अधिकांश क्षेत्र भूकम्पको सम्भावना भएको तीन क्षेत्र मध्ये एक हो । जसलाई मध्य क्षति जोखिम क्षेत्रको रुपमा वर्गिकरण गरिएको छ  । 

बैज्ञानिकहरुका अनुसार अमेरिलीमा लगातार भूकम्प आइरहनेको कारण टेक्नोटिक चट्टानले आफनो स्थानमा गरिरहेको बदलाब र हाइड्रोलाजिकल ल्यान्डिङ मौसमी भूकम्पको गतिविधिको कारण हो । स्मरणरहोस, गत जुन ५ मा भारतमा सबैभन्दा ठूलो झट्का दिने भूकम्प आएको थियो ।  
 


Author

थप समाचार
x