समाज

सुदूरपश्चिम यातायात व्यवसायी संघका पूर्वअध्यक्ष पाण्डेको निधन

इकागज |
फागुन १७, २०७९ बुधबार ११:६ बजे

कैलाली- सुदूरपश्चिम यातायात व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको निधन भएको छ । आन्द्रामा क्यान्सर भएपछि उपचाररत ७१ वर्षीय पाण्डेयको बुधबार बिहान काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो ।

पान्डेयको निधनले यातायातको क्षेत्रमा अपुरणिय क्षति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए । उनले पाण्डेयले यातायातको क्षेत्रमा पुर्‍याउनु भएको योगदान कहिले बिर्सन नसकिने बताए ।


सुदूरपश्चिम यातायात व्यवसायी संघ पूर्वअध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले सुदूरपश्चिममै क्षेत्रमा सार्वजनिक यातायातको जग बसाल्ने काममा पाण्डेयको योगदान रहेको बताए ।

उनले विषम परिस्थितिमा समेत सम्पूर्ण यातायात व्यवसायीहरूलाई एकजुट बनाई सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय योगदान रहेको भन्दै पाण्डेयको निधनले स्तब्ध बनाइएको बताए ।

सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले पाण्डेको निधनले प्रालिले अभिभावक गुमाउनु परेको पीडा सदैव रहने बताए ।

हाल प्रालिको संरक्षक समेत रहेका पाण्डेयले यातायातको क्षेत्रमा देखाउनु भएको मार्गदर्शन प्रालिले हमेसा पालना गर्ने अध्यक्ष सापकोटाले बताए ।

अध्यक्ष सापकोटाले पाण्डेयको दाहसंस्कार आजै काठमाडौँस्थित पशुपतिमा गरिने जानकारी दिए । पाण्डेयको निधनमा आज एकदिन कार्यालय बन्द रहने समेत जानकारी दिए ।

 

 

 

 


Author

थप समाचार
x