समाज

भीभीआईपीका लागि आईसीयू र भेन्टिलेटर साँच्दै सरकार

संक्रमित सामाजिक सञ्‍जालमा भेन्टिलेटर खोज्दै, सरकार वास्तविक संख्या लुकाउँदै

अतिन आचार्य |
बैशाख २२, २०७८ बुधबार १९:३२ बजे

काठमाडौँ : मुलुकमा पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिएपछि मुलुकभर गम्भीर प्रकृतिका संक्रमितहरू अस्पताल भर्ना हुने क्रम बढिरहेको छ । संक्रमित बढ्दै जाँदा उपचारका लागि अस्पतालमा बेड अभाव भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमितले विभिन्‍न माध्यमबाट भेन्टीलेटर र आईसीयूको खोजी गरिरहेका छन् ।

धेरै मानिसहरू सामाजिक सञ्‍जालको प्रयोग गरी सक्रिय भएकाले विभिन्‍न माध्यममा जोडिएर अस्पतालमा आइसीयू र भेन्टिलेटरको खोजी कार्य भइरहेको छ ।कोभिड-१९ इमर्जेन्सी ग्रुपमा कृष्ण अधिकारीले '४७ वर्षीय पुरुषलाई भेन्टिलटरको चाहियो' भन्दै  म्यासेज गरे । तत्कालै ग्रुपमा भएका साथीहरूले विभिन्‍न अस्पतालका फोन नम्बर दिए ।


केहीले ग्रुपमा भनिरहेका थिए,' उपत्यकाको सबै अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटर बेड प्याक छन् । विभिन्‍न अस्पतालका नाम लिदै सम्पर्क गर्नू ।' दोस्रो लहरको कोभिड कडा खालको रहेकाले सघन कक्षमा भर्ना हुनेको संख्य बढ्दै गएको हो । संक्रमित बढेसँगै बेडको अभाव भएको छ । धेरै संक्रमितले आईसीयू र भेन्टिलेटरको खोजी गर्दागर्दै ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सघन कक्षमा सात सय ५६ संक्रमित उपचाररत छन् । मुलुकभरका विभिन्‍न अस्तपाल गरी भेन्टिलेरसहित दुई हजार ६ सय आइसीयू बेड छन् । स्वास्थ्य मन्त्रालयले दैनिक जारी गर्ने आईसीयू र भेन्टिलेटरको तथ्यांक फरक रहेको इकागजले फेला पारेको छ । १७ सय २ आईसीयू र भेन्टिलेटर नौ सय रहेको पाइएको छ ।

मन्त्रालयले जारी गर्ने दैनिक डाटा र इकागजले प्राप्‍त गरेको डकुमेन्टमा पाँच सय ९६ बेडको अन्तर रहेको छ । संक्रमित बेड नपाएर छटपटिरहेको समयमा यतिका धेरै कहाँ हरायो भनी स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरेको थियो । संक्रमणको दर बढिरहेकाले विशिष्‍ट व्यक्तिका लागि आईसीयू राखिएको हुन सक्ने सर्वसाधारणले आशंका व्यक्त गर्न थालेका छन् । केही वरिष्ठ  चिकित्सकहरूले पनि भीभीआईपीका लागि साँचेको हुनसक्ने आशंका व्यक्त गरे ।

'आइसीयूको संख्या दिनप्रतिदिन थप्दैछौ'

पहिलो चरणको कोभिडमा गम्भीर प्रकृतिका संक्रमित बढेपछि गत वर्षदेखि विभिन्‍न अस्पतालमा आईसीयू र भेन्टिलेटर तयार गरिरहेको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् । 'आवश्यकता अनुसार अस्पतालमा भएका आइसीयू र भेन्टिलेटर थप्‍नेछौ र थपिरहेका पनि छौ,' उनले भने,' करिब करिब सबै अस्पतालमा आईसीयू सञ्‍चालनमा आइसकेका छन् ।'

सरकारले कुनै पनि आईसीयूको संख्या नलुकाएको उनले दाबी गरे । दिनप्रतिदिन आईसीयूको बेड थपिएको तथ्यांक सार्वजनिक गरिने उनले जानकारी दिए । जनशक्‍ति अभावमा कतिपय अस्पतालमा भएका आईसीयू र भेन्टिलेटर सञ्‍चालनमा ल्याउन नसकेको डा. अधिकारीको भनाइ छ ।

'दीर्घ रोग भएका संक्रमितको उपचार शुल्क बढी'

सरकारी अस्पतालले निशु:ल्क उपचार गर्ने भएकाले सबै प्याक हुन सक्छ । तर निजी अस्पतालले बढी शुल्क लिने पाउने आशामा बेड लुकाएको हुन सक्ने अनुमान गर्न थालेका छन् । कोभिड संक्रमितका लागि उपचारमा कुनै पनि कमी हुन नदिएको निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापाले बताए ।

'अस्पतालमा भएक सबै बेड प्रयोग गरिएको छ, लुकाउनका लागि बेड बनाएका हैँनौ,'  भने,' आइसीयू लुकाइएको भन्‍ने लाग्छ भने सबैलाई अनुगमन गर्न अनुरोध छ ।' सरकारले तोकेको संक्रमितको उपचार शुःल्क भन्दा बढी नलिएको थापा बताउँछन् । आईसीयू र भेन्टिलेटरसहित ६ हजार रुपैयाँ भन्दा नलिएको उनको दाबी छ । 'चिकित्सक शुल्क र दीर्घ रोग भएकाहरूको उपचार खर्च बढी लागेको हो,' उनी भन्छन् ।

कोभिड संक्रमितको उपचार गत वर्षदेखि गर्न थालेको उनले जानकारी दिए । सरकारसँग भएको सम्झौतामा विद्युत शुल्कमा कटौती गर्ने थियो।  सहुलियत ऋण उपलब्ध गराउने भन्दा पनि त्यस्तो सेवा कटौती गरी जरिवाना गराएको उनले गुनासो गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x