समाज

जोन्टा क्लबद्वारा नेपाली समाजमा योगदान पुर्‍याएका १२ महिला सम्मानित

इकागज |
फागुन २१, २०७९ आइतबार १८:२९ बजे

काठमाडौं- अन्तर्राष्ट्रिय महिला दिवस र रोज डे का अवसरमा जोन्टा क्लब काठमाडौंले नेपाली समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली समाजमा योगदान पुर्‍याउने १२ जना महिलाहरू सम्मानित भएका हुन् ।


धाविका मिरा राई (राजकुमारी हेलेन शाह इन्स्पीरेशनल अवार्ड,) मुस्कान खातुन (अमर राणा गेम चेन्जर अवार्ड), सुष्मा तामाङ र सोनिका ढकाल ( रत्नादेवी ओमन इन स्पोर्टस अवार्ड), विभूषा पाठक र समीक्षा खड्का (ज्योति छात्रवृत्ति अवार्ड) र अञ्जी पोखरेल, कलबिना श्रेष्ठ (इन्द्रकला छात्रवृत्ति अवार्ड)ले  सम्मानित भएका छन् ।

त्यसैगरी डान्सर सीता सुवेदी,महिला निशा चौलागाई, सुनिरा रेग्मी (एरो स्पेश), स्वीकृती न्यौपाने ( जेम्क वुमन बिजनेस अवार्ड) र पिंकी शितल गुरूङ सम्मानित भएका हुन् ।

क्लबले सञ्चार क्षेत्रबाट लैंगिक असमानताबाट प्रभावित व्यक्तिहरूको आवाज उठाउने सञ्चारकर्मीलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा इकागज मिडियाका प्रधान सम्पादक हरिबहादुर थापा, हिमालयन टाइम्सका सम्पादक राजन पोखरेल, नागरिक दैनिकका गुणराज लुईंटेल लगायतका अन्य सञ्चारकर्मी रहेका छन् ।

समाजमा परिवर्तन ल्याउने महिलालाई सम्मान गर्न पाउनु क्लबका लागि थप जिम्मेवारी बढेको क्लबकी अध्यक्ष आभा शाहले बताइन् ।

'समाजमा परिवर्तनको संवाहक बन्ने महिलालाई सम्मान गर्न पाउँदा गर्व महसुस गरिरहेकी छु,' उनले भनिन्, 'यस वर्ष जोन्टाले समाजमा अमिट छाप छोड्ने १२ महिलालाई सम्मान गरेको छ । यस किसिमको प्रयासले युवा केटीहरू र महिलालाई आफ्नो सपना पछ्याउन प्रेरित गरिरहन्छ ।'

क्लबले सीपमा आधारित तालिम, क्षमता अभिवृद्धि कार्यक्रम र सेमिनार गर्दै आएको उनले जानकारी दिइन् ।


Author

थप समाचार
x