समाज

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

इकागज |
बैशाख २३, २०७८ बिहिवार १८:३३ बजे

मुख्यमन्त्री भट्ट

काठमाडाैँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।  केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारत उनकाे आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्ट अहिले आफ्नो घर डोटी पुगिसकेका छन् । उनकी आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने पारिवारीक स्राेतले जनाएकाे छ । 



Author

थप समाचार
x