समाज

मौसम पूर्वानुमान

तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा, काठमाडौँमा दिउँसो पानी पर्ने सम्भावना

इकागज |
चैत ३, २०७९ शुक्रबार ६:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक बदली रही कोशी प्रदेश, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  


आज काठमाडौंमा दिउँसो १/२ बजेपछि वर्षाको सम्भावना छ । 

 राती पनि देशभर आंशिक सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

अबका एक/दुई दिन देशभर मौसममा बदली हुने महाशाखाले जनाएको छ । 


Author

थप समाचार
x