चोकचोकमा 'अफलाइन राइडर'को बिगबिगी
'पठाओ' सुरक्षित छ तर, 'लोकेशन'ले अल्मल्याउँछ
काठमाडौ - राइड सेयरिङ 'पठाओ' निजी यातायातको साधन नहुनेहरूलाई गन्तव्यमा पुग्न सजिलो माध्यम बनेको छ । दुईपांग्रे होस अथवा चारपांग्रे 'पठाओ' एप चलाउनेले सजिलै आफूलाई जान चाहेको गन्तव्यमा पुग्न अनलाइन बुक गर्न सक्छन् ।
तर, अधिकांशलाई पठाओले दिएको 'लोकेशन' हेरेर गन्तव्यमा पुग्न भने समस्या हुने गरेको छ । मंगलबार र बुधबारगरी दुई दिन दुईपांग्रे १३ र चारपांग्रे ७ सवारीसाधनमा अधिकांश सवारीचालकलाई पठाओले दिएको 'लोकेसन'मा पुग्न समस्या भएको पाइएको हो ।
'बुक' गरिसकेपछि आउने अधिकांश 'फोन कल'मा सर कता हुनुहुन्छ ? भनेर सोध्ने गरेको पाइएको थियो । लोकेशन देखाको होला त ? भन्ने प्रश्नमा मैले हेरिनँ सर, भन्नू न कता आउनु पर्ने हो ? भनेर प्रश्न गर्ने गरेको पाइयो ।
अर्को कुरा, सवारीसाधनमा बसिसकेपछि पनि कता पुग्ने हो सर ? भनेर पुन: प्रश्न गर्ने गरेकोमा लोकेशन देखाको होला त ? भन्दा लोकेशन हेर्नसमेत नजान्ने गरेको पाइयो ।
चोक चोकमा कुरेर बसेका पठाओ चालकहरूले बाटो हिड्ने बटुवालाई पठाओ चाहिएको हो भनेर सोध्ने गरेको समेत पाइयो । त्यसरी सोध्ने अधिकांश चालकहरूले भने 'अफ लाइन' जाउन ल मिलाएर पैसा दिनुहोला समेत भन्ने गरेको पाइयो । होइन, बुकिङ मै जाउन भन्दा कतिपय जाने भए पनि अधिकांश चालकहरू भने जान मान्दैनन् ।
पठाओ सुरक्षित भए पनि पठाओ चालकहरूलाई गुगल म्यापसम्बन्धी ज्ञान नभएका कारण काठमाडौँ बाहिरबाट आउनेहरूलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको केही यात्रुहरूले समेत बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया