समाज

१४ वर्षमुनिका ७३३१ जनाकाे काँधमा घरबार धान्ने जिम्मेवारी

इकागज |
चैत १०, २०७९ शुक्रबार १४:३५ बजे

काठमाडौं– नेपालमा १५ वर्षमुनिका सात हजार तीन सय ३१ जनाले आफ्नो परिवार धान्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल सात हजार तीन सय ३१ जना १४ वर्षमुनिका बालबालिका घरमुली रहेका छन् ।

यो कुल जनसंख्याको ०.०१ प्रतिशत हो ।


प्राप्त नतिजाले अधिकांश परिवारका परिवारमूलीहरु २० देखि ५९ वर्ष उमेरभित्रका रहेको देखाएको छ । परिवारमूली ३० देखि ३९ वर्ष उमेर समूहमा सबैभन्दा बढी २३.३ प्रतिशत रहेको देखिन्छ ।

परिवारमा ७० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरु ८.१ प्रतिशत परिवारमूली रहेको देखिएको छ । सबैभन्दा धेरै महिला परिवारमूलीहरु ३०–३९ वर्ष र पुरुष परिवारमूलीहरु ४०–४९ वर्ष उमेर समूहका रहेको देखिन्छ ।
 


Author

थप समाचार
x