समाज

राष्ट्रिय जनगणना २०७८

अझै ५१ प्रतिशत नेपालीले दाउरा प्रयोगबाटै पकाउँछन् खाना

इकागज |
चैत १०, २०७९ शुक्रबार १६:९ बजे

फाइल तस्बिर

काठमाडौँ–राष्ट्रिय जनगणना २०७८ अनुसार ५१ प्रतिशत परिवारले अझै खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् ।

खाना पकाउन एल.पि.ग्याँस प्रयोग गर्ने संख्या ४४.३ प्रतिशत छ भने बिजुली, गुईठा/गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः  ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ ।


राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेको देखिएको थियो । त्यस अनुसार अहिले दाउरा प्रयोग घटेको देखिन्छ ।

प्रदेश अनुसार हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी ८२.२ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ दाउरा प्रयोग गर्ने गरेका छन् ।

बागमती प्रदेशमा एल.पी.ग्याँस प्रयोग गर्ने परिवार सबैभन्दा बढी ६९.८ प्रतिशत रहेको छ ।


Author

थप समाचार
x