समाज

६१ वर्षीया महिला बलात्कार आराेपमा १८ वर्षीय किशाेरसहित दुईजना पक्राउ

इकागज |
चैत १६, २०७९ बिहीबार १४:४८ बजे

पाल्पा- पाल्पामा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रूपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।


उनीहरूले ती महिलालाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।


Author

थप समाचार
x