समाज

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, रवि लामिछानेमाथिको उजुरी केन्द्रमा पठाइने

इकागज |
चैत २२, २०७९ बुधबार ९:९ बजे

फाइल तस्बिर

काठमाडौँ- निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । 

आयोगले उम्मेदवारविरुद्धमा मंगलबार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । 


तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो ।

तीन वटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रबि लामिछानेविरुद्ध ४ वटा उजुरी परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनीमाथि परेको उजुरी माथि चितवन निर्वाचन कार्यलयले छानबिन गरी रायका लागि निर्वाचन आयोग कान्तिपथमा पत्र पठाउँदैछ । 


Author

थप समाचार
x