समाज

उपचारारत कैदी शाैचालयकाे झ्याल फाेडेर फरार

इकागज |
चैत २४, २०७९ शुक्रबार १६:५८ बजे

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन् । प्राप्त जानकारी अनुसार कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव फरार भएका हुन् ।
आरोपी यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या केयर अस्पताल ल्याइएको थियो । उपचारको क्रममा रहेका यादव अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x