संसद् भवननजिकै आत्मदाह प्रयास गर्ने एक व्यक्ति पक्राउ
काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद् भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।
ती व्यक्तिले संसद् भवनको एक नम्बर गेट अगाडि आत्मदाहको प्रयास गर्दा गर्दै प्रहरीले नियन्त्रणमा लिएकाे हाे । पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको काठमाडौँ प्रहरी परिसर, काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया