समाज

गैरीकाे सुकुम्बासी बस्तीका स्थानीयद्वारा महानरविरुद्ध प्रदर्शन

इकागज |
चैत २४, २०७९ शुक्रबार १९:२६ बजे

काठमाडौं- गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरू विरोधमा उत्रिएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरू टायर बालेर विरोधमा उत्रिएका हुन् । उनीहरूले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाविरुद्ध नाराबाजी गरेका थिए ।


महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति अनुसार अघि बढेको छ । महानगरपालिकाले यसगैरी गाउँस्थित सुकुम्बासी​ बस्तीका स्थानीयद्वारा महानरविरुद्ध विरोध प्रदर्शनअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौंका बाटोमा रहेका पार्किङ खाली गराउँदै आएको थियो । 


Author

थप समाचार
x