समाज

सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

इकागज |
चैत २८, २०७९ मंगलबार ७:९ बजे

काठमाडौँ- मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । 

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि वार्ता हुन लागेको हो ।


दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसकेपछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भएपनि सहमति नभएपछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अवधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रिपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

पहिलो र दोस्रो दिनको वार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।


Author

थप समाचार
x