कांग्रेसको रूपन्देही उपसभापतिकाे घर पछाडि प्रेसर कुकर बम फेला
बुटवल- रूपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि प्रेसर कुकर बम फेला परेको छ । नेपाली कांग्रेस रूपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो ।
बम फेला परेपछि अध्यक्ष घिमिरेले सुरक्षा निकायलाई खबर गरेपछि दिउँसो १२ बजेतिर नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार सिमेन्टको बोराभित्र हालेर बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरू भेटिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता अर्यालले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया