समाज

घोडाबाँधेमा किन फहराइए एक सय ९८ देशका झण्डा ?

इकागज |
बैशाख २, २०८० शनिबार १९:२४ बजे

फाइल फोटो

बागलुङ - बागलुङको घोडाबाँधे भ्यूटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो । जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमापर्ने भएको हुँदा भ्युटावरलाई प्रवद्र्धन गर्न थालिएको पर्यटन अभियन्ता कृष्ण केसीले बताए । 

उनले नयाँ वर्षको अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले प्रचारप्रसारका लागि झण्डा फहराएर सुरुआत गरेको बताए । धौलागिरि–ढोरपाटन वृहत परियोजना तयार गरेर यहाँको विकास गरिने केसीको भनाइ छ ।


यस परियोजनाअन्तरगत धौलागिरि, निलगिरि, ढोरपाटन र कालीगण्डकीको प्रवर्द्धन गरने केसी बताउँछन् ।  घोडाबाँधेमा संसारकै ठूलो घोडाको मूर्तिसमेत निर्माण गरिने उनको भनाइ छ । केसी भन्छन्, 'घोडाबाँधे क्षेत्र यस्तो ठाउँ हो, जुन नेपालमा बिरलै छन्, पर्यटकीय हिसाबले प्रचुर सम्भावना भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ, यसको प्रचारलाई व्यापक बनाउन हामीहरूले एक सय ९८ देशका झण्डा फरफराएका छौँ, अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर यसको विकास गर्ने योजना बनाएका छौँ ।'

केसीले भ्युटार क्षेत्रलाई ‘वल्ड कल्चर भेलेज’का रुपमा विकास गर्ने बताए । उनले विश्वका कला, संस्कृतिलाई यहाँ संरक्षित गरी आन्तरिक तथा बाह्य पर्यटक बनाउने योजना बनाएको सुनाए । गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा मगरले स्थानीय भूगोल, सम्पदा, संस्कृतिको पहिचान र चिनारीबाट पर्यटन प्रवर्द्धन गर्न स्थानीय जनसमुदाय जागरुक हुन आवश्यक रहेको बताए । 

ल्लिामा अनगिन्ती पर्यटकीय क्षेत्र रहेको र ती क्षेत्र प्रचारप्रसारका कारण पछाडि परेको बताए । भ्युटावरको प्रचारप्रसारका लागि गलकोट नगरपालिकाका, जैमिनी नगरपालिकाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चासो दिएका छन् ।
रासस


Author

थप समाचार
x