ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु
फाइल तस्बिर
भक्तपुर- भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको क्रममा पुरिएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । पुरिएका दुईमध्ये वर्ष २२ का नितेश ऋषिदेवको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागिनी हाइटमा काम गरिरहेका उनीहरू पुरिएका हुन् । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहेको हो ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँझ चार बजे भएको जनाए । उनीहरूमध्ये सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाई साढे पाँच बजे उद्धार गरी उपचारका लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले जनाए । उनी बोल्न सक्ने अवस्थामा रहेको उनले बताए ।
सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने ६ बजे रितेशको मृत्यु भएको हो । उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको एसपी केसीले बताए ।
घटनास्थलमा उनीहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी बस्ने ४६ वर्षीय रामदेव यादव एक्कासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर र प्रेसरको रोगी भएको पनि जनाइएको छ ।
खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिएको थियो । साथै वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर.दक्षिण पश्चिममा पर्दछ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया