समाज

मौसम पूर्वानुमान

गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी

इकागज |
बैशाख ४, २०८० सोमबार ६:१६ बजे

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । सोमबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।


राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
 


Author

थप समाचार
x