भाइको फोटो देखाएर दाइसँग बिहे, वंश धान्न भन्दै देवरले गरे यौन शोषण
काठमाडौं । धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गराएर वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसद्मा जानकारी गराइएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिका भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएको र पछि यौनशोषण भएको घटनाबारे जानकारी गराएकी हुन् ।
विवाह गरिसकेपछि वंश धान्न भन्दै देवरले पटक पटक बलात्कार गरेकाे र पछि प्रहरीले पीडिकलाई उन्मुक्ति दिने गरी मिलापत्र गराएको घटनाप्रति उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
‘धनुषा–४ मा १७ वर्षीया बालिकालाई भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएछन् । दाजुले तीन तीनपटक विवाह गरेर सम्बन्धविच्छेद गरिसकेका छन्,’ उनले भनिन्, ‘विवाह त गरिदिए । तर, घरपरिवारले वंश अगाडि बढाउन ती बालिकालाई देवरसँग यौनसम्बन्ध राख्न बाध्य पारिएछ । योजस्तो जघन्य अपराध के हो?’
बैठकमा घटनाबारे सांसद कार्कीले थप भनिन्, ‘देवरसँग शारीरिक सम्बन्ध राख्न नमानेपछि बालिकामाथि कुटपिट भयो । शारीरिक यातना दिइयो । त्यसपछि देवरले बारम्बार बलात्कार गरे । दिक्क भएर बालिका प्रहरीसमक्ष गइन् । प्रहरीसमक्ष गएपछि ‘विवाह दर्ता गरिदिने, नागरिकता दिने, अब कुटपिट नगर्ने र देवरसँगै विवाह गराइदिने शर्तमा मिलापत्र गराइएछ । यो कस्तो न्याय हो ? नागरिकता उनले बुबाको नामबाट पाउँदिन थिइन् ? ज्यानको सुरक्षा नहुने ठाउँको विवाह दर्ता के काम तिनीलाई ? अब नकुट्ने रे, प्रहरी त्यहाँ गएर तिनीलाई निगरानी गर्छ ? म गृहमन्त्रीज्यूलाई, अपराधीहरूलाई तुरुन्त कडा कारबाही गरियोस् माग गर्छु ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया