समाज

आमाको मुख हेर्ने दिन

मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

इकागज |
बैशाख ७, २०८० बिहीबार १२:२ बजे

काठमाडौँ- शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

आमालाई विभिन्न खानेकुरा, कपडा तथा मनपर्ने वस्तु उपहार दिने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोहीक्रममा काठमाडौँको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ ।


दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्दछन् ।

 तस्बिर : रासस र न्यूज कारखाना


Author

थप समाचार
x