Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

काठमाडौँमा चक्कु प्रहारबाट महिलाको मृत्यु

इकागज |
बैशाख ७, २०८० बिहीबार १७:५८ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट घाइते महिलाको मृत्यु भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौँ बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो ।

बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी सिताराम रिजालले बताए । उनी पसल चलाउँदै आएकी थिइन् ।


प्रहरीका अनुसार आचार्यलाई कसले र किन चक्कु प्रहार गरेको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x