चरित्र हत्या गर्ने पक्राउ
काठमाडौँ- सामाजिक सञ्जालको दुरुपयोग गरी एक युवतीलाई दुःख दिइ चरित्र हत्या गरेको अभियोगमा रोल्पाका २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । उनले पीडित युवतीको हराएको मोबाइलबाट विभिन्न सामाजिक सञ्जालमा भएका तस्बिरमा अश्लील शब्द लेखेर अपलोड गर्नाका साथै प्रोफाइलबाट आफन्तलाई आपत्तिजनक श्रव्य दृश्य सामग्री पठाउने गरेको पाइएको छ ।
महरामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया