नेपाली सेनामा एकै पटक ४ हजार ५ सय जनालाई जागिर खुल्यो
काठमाडौँ- लामो समयपछि नेपाली सेनामा जागिर खुलेको छ ।
नेपाली सेनाले आज गरेको विज्ञापन अनुसार ४ हजार ५ सय जनाका लागि जागिर खुलाएको हो ।
जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।
भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।
सूचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।
सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने व्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ वर्ष राखिएको छ ।
फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया