समाज

सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

इकागज |
बैशाख ८, २०८० शुक्रबार १७:४ बजे

काठमाडौँ- सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौँ महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उक्त आदेश दिएकाे हाे ।

सिंहदरबारको फोहोर नउठाउने भनी काठमाडौँ महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए । ​त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको हो । 


 

आदेश :


Author

थप समाचार
x