Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

पदम लिम्बूको शव यात्रामा झडप हुँदा १२ घाइते

इकागज |
बैशाख ९, २०८० शनिबार १८:२३ बजे

काठमाडौं– कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूको शव यात्रामा झडप हुँदा १२ जना घाइते भएका छन् । विराटनगरमा शनिबार लिम्बूको शवको दाहसंस्कारका लागि लागि गरिएको यात्रामा झडप भएको हो ।

झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फबाट घाइते भएका छन् । ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । विराटनगरमा भएको शव यात्रा तनावपूर्ण बनेपछि प्रहरीले संयौं सेल अश्रुग्यास प्रहार गरेको छ । 


प्रहरीकाअनुसार ३ नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र ६ जना आन्दोलरत पक्षका सामान्य घाइते भएका छन् ।

पहिचान पक्षधरको आन्दोलनमा लिम्बूको मृत्यु भएको थियो । प्रदर्शनकै क्रममा उनी गत चैत ५ गते विराटनगरमा भएको क्रममा घाइते भएका थिए । चैत १० गते उपचारका क्रममा उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
 


Author

थप समाचार
x