समाज

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित, अर्को पेशी २४ गते

इकागज |
बैशाख ११, २०८० सोमबार १८:२२ बजे

काठमाडौँ- ​क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।

सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो बहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।



Author

थप समाचार
x