Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

आज कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

इकागज |
बैशाख १३, २०८० बुधबार ६:२५ बजे

काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको महााखाले जनाएको छ । 


राती भने  लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।


Author

थप समाचार
x