काठमाडौँ महानगरको निर्देशनः सामुदायिक विद्यालयमा 'टाइ' अनिवार्य नगर्नू
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीलाई 'टाइ' अनिवार्य नगर्न निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।
टाइ अनिवार्य नगर्न महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयहरूलाई बिहीबार परिपत्र गरिएको महानगरले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया