Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

बाजुरामा लगातार भूकम्पको धक्का

इकागज |
बैशाख १५, २०८० शुक्रबार ६:४६ बजे

काठमाडौं - बाजुरामा गएराति दुई वटा भूकम्प गएको छ । गएराति राति ११:५८ र १:३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ११:५८ बजे ४.९ म्याग्निच्युडको र १:३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको छ । 


बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पले क्षति गरे/नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताए । भुकम्पबाट हुन सक्ने क्षतिको विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए । 


Author

थप समाचार
x