सरुवा, बढुवामा कुनै पनि राजनीतिक हस्तक्षेप छैन : महानिरीक्षक अर्याल
काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् ।
सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् । उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पारे ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरूलाई हटाइएको पनि बताए । उनले सीमा सुरक्षा गर्नु आफूहरूको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे ।
महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेसन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए । उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाका रूपमा स्थापित गर्ने उद्देश्यसहित अगाडि बढिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया