हिजो देखि पुल भाँसिएपछि बन्द पृथ्वी राजमार्ग अझै खुलेन
काठमाडौँ - धादिङ धुनीबेसी र धाँक्रे जोड्ने पुल भासिँएपछि गाडी पृथ्वी राजमार्गमा दुईतर्फी आवतजावत बन्द भएको छ । हिजो धाँक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सीमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिँदा आवतजावत बन्द भएको हो ।
पुल भासिएपछि हिजो अपरान्ह ४ बजेपछि आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक आयोजनाले नयाँ पुल निर्माणको काम तीव्र बनाएको छ । प्रहरीले अबको दुई तीन घण्टामा बाटो खुल्ने बताएको छ ।
हिजोदेखि बाटो बन्द हुँदा रातभरमा गाडीको लामो लाइन लागेको छ । प्रहरीले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । हेटौँडा–काठमाण्डौ र काठण्माडौ–नुवाकोट–गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया