नर्स आत्महत्या प्रकरण : प्रेमी डाक्टर ढकाल प्रहरी नियन्त्रणमा
प्रतिकात्मक तस्बिर
काठमाडौँ- प्रेमीकै घरमा मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका प्रेमी भनिएका सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनको परिवारले प्रेमी ढकाल र बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।
काठमाडौँ प्रहरी परिसरका एक प्रहरी अधिकारीले आवश्यक अनुसन्धान गरी मुद्दा प्रक्रिया अगाडि बढाइने बताए ।
लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् ।
पेशाले अनुमा स्टाफ नर्स हुन् भने ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया