दार्चुलाको ब्याँसमा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका केही व्यक्तिहरू पुरिएको आशंका
फाइल तस्बिर
दार्चुला- दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरो गएकाे हाे ।
हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । साे क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली गएको बताइएको छ ।
बोलिनमा यार्सागुम्बा टिप्न गएका ८-९ जना त्रिपाल टाँगेर बसेका थिए । यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ ।
दार्चुला प्रहरीका अनुसार अहिले नै क्लियर के कति भन्न सकिने अवस्था छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया