नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
काठमाडौँ- नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।
मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ अमेरिकी डलर पुगेको छ ।
नेपाली रुपैयाँ अनुसार एक लाख ८२ हजार ६८३ रुपैयाँ बराबर नेपालीको वार्षिक आय छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया