समाज

रतनपाण्डे माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन

इकागज |
बैशाख २१, २०८० बिहीबार १९:९ बजे

काठमाडौँ- रतनपाण्डे माध्यमिक विद्यालयका १७० जना विद्यार्थीका लागि पोखरा महानगरपालिका-१३ ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बिहीबार ‘स्थानीय सरोकार, स्वास्थ्य र शिक्षामा सरकार’ सरकार भन्ने मुल नाराका साथ १७० जना विद्यार्थीहरूलाई नि:शुल्क स्वास्थ्य शिविर, औषधि वितरण तथा जनचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि महानगरका स्वास्थ्य महाशाखाका अधिकृत कृष्ण अर्याल, प्राविधिक डा. विशाल सुवेदी मेडिकल असिस्टेन्ट र टङ्क शाहीले निरीक्षण गरेका थिए ।


शिविरमा वडा शहरी स्वास्थ्य केन्द्र पोखरा-१३ का कर्मचारी तथा वडा स्वास्थ्य समितिलाई  धन्यवाद दिन चाहेको वडा अध्यक्ष किरण बरालले बताए । वडाका हरेक सामुदायिक विद्यालयमा मासिक रूपमा यस स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ छ । 

'विद्यार्थीका लागि स्कुले जीवनदेखि स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम लागेका हौँ,' उनले भने,' उनीहरू परिवार, साथीभाइहरूप्रति र समाजप्रति स्वास्थ्यमूलक कार्यक्रम गर्न दायित्वबोध गर्ने छन् ।'


Author

थप समाचार
x