Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

काठमाडौँ उपत्यका प्रहरी प्रमुख ज्ञवालीले पाए अख्तियारबाट सफाइ

इकागज |
बैशाख २१, २०८० बिहीबार १९:२५ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि परेको उजुरीमा कुनै पनि कैफियत नरहेको जनाएको छ । 

प्रहरी महानिरीक्षक (आईजीपी) को प्रतिस्पर्धा रहेका एआईजी ज्ञवालीमाथि प्रहरी सेवामा प्रवेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्म मिति सच्याएर सेवा प्रवेश गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।


सोही उजुरीबारे अनुसन्धान गरेको अख्तियारले करिब एक महिनापछि नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएपछि उजुरी तामेलीमा राखेको थियाे ।

काठमाडौँ उपत्यका प्रहरी प्रमुख समेत रहेका ज्ञवालीकाे यसअघि गृह मन्त्रालयले जन्म मितिबारे अनुसन्धान गरेको थियो । गृहले उनको शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्म मितिमा कैफियत नदिएको जनाएको छ ।

ज्ञवालीमाथि अख्तियारमा परेको उजुरीकै कारण सरकारले उनलाई आईजीपी नियुक्त गर्नबाट पछि हटेको थियो ।


Author

थप समाचार
x