एआईजी ज्ञवाली विरुद्दको मुद्दा अख्तियारद्वारा तामेलीमा
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीको नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ ।
उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नं (अ०४३७४७) २०७९–११–१४ मा दर्ता भएको थियो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अख्तियारले प्रारम्भिक छानबिन सम्पन्न गरि आयोगको मिति २०८०–०१–१४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानुन बमोजिम हुने गरी हाललाई सो उजुरी तामेलीमा राखिएको जनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ९१३० बमोजिम उक्त मुद्दा तामेलीमा राखिएको जानकारी गराईएको छ ।
उक्त जानकारी अख्तियारले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई वैशाख १५ गते पत्र लेखी उजुरी तामेलीमा राखेको जनाएको छ । उक्त मुद्दामा क्लिनचिट पाएपछि एआईजी ज्ञवालीले आफूलाई अख्तियारले न्याय दिलाएकोमा खुशी व्यक्त गरे । न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया