समाज

स्वास्थ्य बीमा प्रभावकारी बनाउन जोड दिएको छु–स्वास्थ्य मन्त्री बस्नेत

इकागज |
बैशाख २७, २०८० बुधबार १७:४२ बजे

फाइल तस्बिर

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् ।

मन्त्री बस्नेतले सो बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए । बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेट गरी उनले स्वास्थ्य बीमा गरेका मानिसहरुलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे । 


मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको दावी पनि गरे । 

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भए पनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको पटकपटक दोहोर्‍याए । उनले क्यान्सर जस्ता प्राणघातक रोगहरुको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए ।


Author

थप समाचार
x