समाज

पहाडमा हराउँदै हाटबजार, ग्राहक नहुँदा सख्खरले बजार पाउन छाड्यो ( फोटो फिचर)

इकागज |
बैशाख २९, २०८० शुक्रबार १७:९ बजे

तस्विरः ध्रुव भण्डारी

काठमाडौँ- यो पुर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा लाग्ने साप्ताहिक बजारको दृश्य हो । पहाडी क्षेत्रमा बजार फैलिँदै गएपछि साप्ताहिक रूपमा लाग्दै आएका हाटबजार अचेल उतिसारो मनमोहक देखिँदैनन् । बजार भर्नेहरू पनि देखिँदैनन् । 

पहाडी भेगमा यातायात विस्तारले  पनि मानिस पातलिन थालेका छन् । हिजोआज यस्ता हाटबजार चलन हराउँदै गएको छ । मानिस सुविधाभोगी भएर पनि होला पूर्वी पहाडी भेगका ग्रामीण भेग रित्तिदै जाँदा बजार पातलिदै गएका छन् ।


पहाडी भेगमा विशेष गरेर दुर्गममा दैनिक उपभोग्य वस्तु लगायतको सेवा प्रभावकारी नहुँदा साप्ताहिक हाट लाग्ने गर्छन् । पहिले पहिले सर्वसाधारणसँग आर्थिक अभाव पनि हुने र बजारसम्म पुग्न स्रोतसाधन नहुँदा साप्ताहिक हाटमै आवश्यकीय सामग्री खरिद गर्ने गरिन्थ्याे ।

तर, अहिले घर-घरमै दैनिक उपभोग्य वस्तु पुग्न थालेपछि साप्ताहिक हाटको महत्व हराउँदै गएको छ । चैनपुरमा लाग्ने साप्ताहिक बजारले अझै पनि यसको महत्व दर्शाउँदै गएको छ ।

बजारमा पहिले जस्तो भीडभाड हुन छाडेको छ । उल्लेखनीय मात्रामा बजारमा ग्राहक देखिँदैनन् । बजारमा स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि सामग्री बिक्री गर्न राखिएको छ ।

कृषि सामग्रीले बजारीकरण नपाउँदा कृषकहरू मारमा पर्ने गरेका छन् । पहिले-पहिले जस्तो सामग्री बिक्री हुन छाडेको स्थानीय व्यापारीहरूले बताउन थालेका छन् ।

बजारमा बेच्न राखिएको सख्खर कुवापानी र राउत गाउँ लगायतका ठाउँबाट उत्पादित उखुबाट हुने गर्छ । सख्खर पुर्वी तराईका जिल्ला मोरङ, सुनसरी र झापासम्म बिक्री वितरण हुने गरेको व्यापारी बताउँछन् ।

भारतबाट आउने चिनीभन्दा देशमै उत्पादित सखरले शरीरमा लाग्ने विभिन्न रोग निको पार्ने विश्वास रहेको छ । सखरले स्वास्थ्यका लागि पनि फाइदा गर्छ ।

सख्खरलाई प्याकेजीङ गरेर सके देशभरि पुर्‍याउन किसानहरू लाभान्वित हुने उनको ती व्यापारीको भनाइ छ ।  देशमा रोजगारी बढाइ आम्दानी गर्न सकिने वातावरण बन्ने व्यापारीहरूको विश्वास छ ।

पहाडी क्षेत्रमा जनसंख्या चाप घट्दै जाँदा बजारमा मानिस देखिन छाडेका छन् । सातामा एक दिन किनेर साताभरिलाई जोहो गर्नुपर्ने बाध्यताले मानिसहरू आए पनि उनीहरूका मुहारमा उत्साह देखिदैनन् । साप्ताहिक हाटको संख्या कम हुँदै गएको व्यवसायी बताउँछन् ।


Author

थप समाचार
x