समाज

काठमाडौँ महानगरमा घर बनाउँदै हुनुहुन्छ ? अबदेखि नक्सा पासका लागि अनलाइनबाट आवेदन

इकागज |
जेठ १, २०८० सोमबार १४:४ बजे

फाइल तस्बिर

काठमाडौँ- के तपाईँ काठमाडौँ महानगरपालिका भित्र घर बनाउँदै हुनुहुन्छ ? यदि बनाउने तयारीमा हुनुहुन्छ र नक्सा स्वीकृतिका लागि झन्झट व्यहोरिरहनु भएको छ भने अबदेखि सास्ती भोग्नुपर्ने छैन ।

महानगरले घर, भवनको नक्साका लागि फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने झन्झटको अन्त्य गर्ने भएको छ । यसअघि महानगरमा स्वयं घरधनी उपस्थित भएर नक्सा पास स्वीकृतिका लागि आवेदन दिनुपर्थ्यो ।


तर, महानगरले वैशाख ३१ गते आइतबार नगर प्रमुख स्तरीय निर्णयबाट जेठ १ गतेदेखि कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गर्ने निर्णय गरेको छ ।

यसका लागि इलेक्ट्रोनिक वेल्डिङ परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली रहेको महानगरले प्रस्ट पारेको छ ।


Author

थप समाचार
x