समाज

काठमाडौँ महानगरको निर्देशनः ३५ दिन भित्रमा निर्माण गरिएका भवनको नक्सा पास गर्नू

इकागज |
जेठ ३, २०८० बुधबार १०:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मापदण्ड अनुरूप बनाइएका सार्वजनिक,सरकारी, अर्ध सरकारी, वित्तिय संस्था तथा निजी भवनहरूको नक्सा पास गर्न आग्रह गरेको छ । महानगर क्षेत्रभित्र मापदण्ड अनुकूल निर्माण गरिएका भवनको ३५ दिन भित्रमा नक्सा पास गर्नुपर्ने भएको छ ।

महानगरले बुधबार सूचना गरेर ३५ दिन भित्रमा नक्सा स्वीकृत गरी सक्नुपर्ने बताएको छ । यसअघि पनि महानगरले गत भदौ २३ गते सूचना जारी गरी निर्माण भएका भवनको नक्सा पास स्वीकृत गर्न अनुरोध गरेको थियो ।


तोकिएको समयमा नक्सा पेस गरी नक्सा स्वीकृत नियमित नगराएमा त्यस्ता भवनहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी, मापदण्ड, भवन संहिता, कार्यविधि र यस कार्यालयको नियम बमोजिम कारबाही गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

 


Author

थप समाचार
x