राैतहटमा 'खाेज र खाेप' अभियान तीव्र, पूर्ण खाेप जिल्ला घाेषणा हुँदै
राैतहट। जिल्लामा खाेज र खाेप अभियानले तीव्रता पाएकाे छ ।
असार मसान्तसम्म राैतहटलाई पूर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे ।
नेपाल सरकारकाे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक सञ्चालन भई रहेका छन् ।
खाेप लिन छुटेका १६ महिनादेखि ५९ महिना उमेर समुहको बालबालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दिरहेको जिल्ला स्वास्थ्य कार्यालय राैतहटका प्रमुख सुरेशप्रसाद यादवले वताए । जसका लागि स्थानीय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । पूर्ण खाेप सुनिश्चितता बाैधीमाई ,देवाही गोनाही ,पराेहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गाैर नगरपालिका रहेका छन् ।
खाेज र खाेप अभियानमा जिल्लाका सबै बालबालिका खाेप पाएको देखाई सकेपछि मात्र राैतहट पूर्ण खाेप घोषणा हुने प्रमुख यादवले बताए । जन्म देखि १५ महिना भित्र सेडुल अनुसारकाे खाेप लिनु पर्ने हुन्छ । उनका अनुसार जिल्लाको नाै स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउँमा पुर्णखाेप दिगाेपना कार्यक्रम सञ्चालन गरि रहनुपर्दछ।
जसअनुसार ६ हप्तामा राेटा , पाेलियाे,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप दिइने छ भने १० हप्ता मा राेटा, पाेलियाे, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नुपर्दछ । वालवालिकालाई १४ हप्तामा पाेलियाे एफ आई पिभि, डिपिटी, हेपबि ,हिब खोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा- रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।
२०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक र धनुषाबाट खाेप अभियान शुरु भई हाल ७७ वटै जिल्लामा १३ राेग विरुद्व १३ खाेप चलिरहेकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया