महानगरले जडीबुट्टीको प्रहरी बिटमा डोजर चलायो
काठमाडौँ- जडीबुट्टीमा रहेको नेपाल प्रहरीको बिटमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । सोमबार ३ बजे महानगरीय प्रहरी बलको टोलीले जडीबुट्टीमा रहेको प्रहरी बिटलाई हटाएको महानगरले जनाएको छ ।
महानगरको ३२ वडामा रहेको प्रहरी बिट हटाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । सडक पेटीमा रहेकाले बिट हटाउन परेको उनको भनाइ छ ।
यसअघि पनि नगर प्रहरीले मैतीदेवीमा रहेको प्रहरी बिट हटाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया