Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने

इकागज |
जेठ ९, २०८० मंगलबार ७:१९ बजे

फाइल फोटो

काठमाडौं - नेपाल उड्डयन प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ ।

स्मार्ट टेलिकमको सम्पूर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत वैशाख २१ गते अघिको व्यक्तिगत लेनदेनको जिम्मेवारी आफूले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रष्ट्याएको छ ।


स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडि (२०८० बैशाख २१) स्मार्ट टेलिकमल प्रालिवाट संस्था वा सर्वसाधारण व्यक्तिलाई तिर्नु÷बुझाउनु पर्ने वक्यौंता निज प्रालिको दायित्व भएको हुदाँ सम्पूर्ण दायित्व स्वयं स्मार्ट टेलिकम प्रालिले व्होर्नु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको व्यहोरा सर्वसाधारणका लागि यो जानकारी गराईन्छ’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । 


Author

थप समाचार
x