समाज

बलात्कार आराेपमा एकजना पक्राउ

इकागज |
जेठ ९, २०८० मंगलबार १४:५८ बजे

रूपन्देही- १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई  प्रहरीले पक्राउ गरेको छ ।

मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 



Author

थप समाचार
x