स्न्यापच्याटले यसरी पुर्यायो पोखराका मनिषलाई प्रहरीकोमा
प्रतिकात्मक तस्बिर
काठमाडौँ- सामाजिक सञ्जालबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको छ । कास्की पोखरा महानगरपालिका १९ का २१ वर्षीय मनिष भुजेललाई पक्राउ गरिएको ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।
ब्यूरोले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा भुजेललाई नियन्त्रणमा लिएको हो । सोमबार पोखराबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खड्गीले जानकारी दिए ।
उनका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको हो । आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
दुई वर्षअघि भुजेलको पीडित नाबालिकसँग चिनजान भएको थियो । सामाजिक सञ्जाल स्न्याप च्याटबाट परिचय भएको थियो । भुजेल र पीडितको एकआपसमा बाक्लै वार्तालाप बढ्यो ।
‘भुजेलको पीडितसँग भाइबरमा कुराकानी हुने गरेको थियो । भिडियो कलसमेत हुने गरेको थियो,’ पीडितको अभिभावकको भनाइ उदृत गर्दै खड्गीले भने,’ उनले पीडितलाई फकाइ भिडियो कलमा अश्लील कुरा गर्ने स्क्रिन सर्ट गरी रेकर्ड समेत गरेका थिए । पीडितले वास्ता नगरेपछि भुजेलले धम्कीपूर्ण म्यासेज पठाइ अनावश्यक म्यासेज पठाएर हैरानी, बेइज्जती र मानसिक तनाव दिने गरेका थिए ।‘
ब्यूरोमा पीडितको आमाले निवेदन दिएकी थिइन् । छोरीको मानसिक स्वास्थ्यमा असर परेको र पीडकलाई पत्ता लगाई कानूनबमोजिम कारबाहीको माग गरिएकाले भुजेललाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्गीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया